Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

अक्सिजन सिलिन्डर अस्पतालको आपूर्ति प्रणालीभन्दा बाहिर नजाने गरी व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

अक्सिजन सिलिन्डर अस्पतालको आपूर्ति प्रणालीभन्दा बाहिर नजाने गरी व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह


  • 6.2K
    Shares

    अक्सिजन सिलिन्डर अस्पतालको आपूर्ति प्रणालीभन्दा बाहिर नजाने गरी व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
    images

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिन्डरहरू समयमा नै फिर्ता गर्न आग्रह गरेको छ । अक्सिजन आपूर्ति व्यवस्थामा सहज भएपनि सम्बन्धित उद्योगहरुमा भर्न फिर्ता नपुग्ने समस्या बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    एउटा उद्योगका अक्सिजन सिलिन्डरहरू अन्यत्र जाने क्रम पनि अत्यधिक बढिरहेको र यसले आगामी दिनमा समस्या निम्त्याउने सक्ने मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीद्वारा जारी गरिएको सूचनामा भनिएको छ । 

    अक्सिजन सिलिन्डरहरू देशका दूरदराजमा वा व्यक्तिका घरहरुमा थन्किएर रहेमा अस्पतालहरुमा सघन उपचाररत संक्रमितहरुलाई अप्ठ्यारो हुन जाने भएकोले सबैजना संवेदनशील बनिदिन मन्त्रालयले सूचनामार्फत अनुरोध गरेको हो ।

    यस्तै स्वास्थ्य मन्त्रालयले अक्सिजन जस्तो औषधीय विषयमा प्राविधिक ज्ञान र विवेकभन्दा बाहिर गएर निर्णय गर्ने र गराउने कार्यलाई बन्द गर्न तथा अस्पतालको आपूर्ति प्रणालीभन्दा बाहिर नजाने गरी समन्वयको व्यवस्थापन गर्न आग्रह गरेको छ । 

    swas.jpg

    प्रकाशित मिति :जेठ १२ २०७८ बुधवार - १४:१८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij