Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

प्रधानमन्त्री शाहलगायतका नेताहरूलाई गाली गरेको आरोपमा पक्राउ परेका पोखरेल छुटे

प्रधानमन्त्री शाहलगायतका नेताहरूलाई गाली गरेको आरोपमा पक्राउ परेका पोखरेल छुटे


  • 484
    Shares

    प्रधानमन्त्री शाहलगायतका नेताहरूलाई गाली गरेको आरोपमा पक्राउ परेका पोखरेल छुटे

    काठमाडौं । युट्युबमा प्रधानमन्त्री बालेन्द्र शाहलगायतका नेताहरूलाई अपमानजनक शब्द प्रयोग गर्दै गालीगलौजयुक्त सामाग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल रिहा भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनिश कर्णका अनुसार आवश्यक परेको बेला उपस्थिति हुने गरी उनलाई आफन्तको जिम्मा लगाइएको हो ।

    पाँचथरको फाल्गुनन्द गाउँपालिका-७ घर भएका पोखरेललाई नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको थियो । उनलाई पक्राउ गरी जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थपिएको थियो ।

     

    images
    प्रकाशित मिति :चैत्र २९ २०८२ आइतवार - १६:५७:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij