२०८२ भाद्र २ गते सोमवार
विश्व स्वास्थ्य संगठन डब्लूएचओले विश्वभर कोरोना संक्रमण र मृत्युदरमा कमी आएको जानकारी दिएको छ ।
गतहप्ता र पहिलेको तथ्यांकलाई मध्यनजर गर्दै डब्लूएचओले विश्वभर कोरोना संक्रमण र मृत्युदर घटेको बताएको हो ।डब्लूएचओका अनुसार गतहप्ता विश्वभर ४१ लाख नयाँ कोरोना संक्रमित थपिँदा ८४ हजारको संक्रमणका कारण मृत्यु भएको थियो ।
त्योभन्दा पहिलेको हप्ताको तुलनामा संक्रमण दरमा १४ प्रतिशत र मृत्युदरमा २ प्रतिशत गिरावट आएको डब्लूएचओको भनाइ छ ।यसहप्ता पनि दैनिक संक्रमित र मृतक संख्यामा कमी आइरहेको बताइएको छ। रिपोर्टअनुसार यो हप्ता युरोपेली क्षेत्रमा संक्रमण र मृत्युदरमा उल्लेखनीय कमी आएको छ ।
त्यस्तै दक्षिण पूर्वी एसियाको पनि अवस्था सुधारउन्मुख भएको देखिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij