Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कोरोनाको उत्पत्तिबारे अध्ययन पारदर्शी बनाउन डब्लूएचओलाई अमेरिकाको सुझाव

कोरोनाको उत्पत्तिबारे अध्ययन पारदर्शी बनाउन डब्लूएचओलाई अमेरिकाको सुझाव


  • 6.0K
    Shares

    कोरोनाको उत्पत्तिबारे अध्ययन पारदर्शी बनाउन डब्लूएचओलाई अमेरिकाको सुझाव

    काठमाडौं । अमेरिकाले कोरोना भाइरसको उत्पत्ति बारेको अनुसन्धान पारदर्शी बनाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई सुझाव दिएको छ ।

    अमेरिकी स्वास्थ्य मन्त्री जेवियर बेसेरालेले कोरोना भाइरसको उत्पत्ति र उद्गम स्थलबारे हुने अबको चरणको अनुसन्धान थप पारदर्शी बनाउन डब्लूएचओसँग आग्रह गर्नुभएको हो । उहाँले कोरोना भाइरसको स्रोतबारे अन्तर्राष्ट्रिय विज्ञहरुलाई अध्ययन तथा अनुगमनका लागि स्वीकृति दिनु पर्ने बताउनुभएका बीबीसीले जनाएको छ ।

    अमेरिकी सञ्चारमाध्यमहरुले गुप्तचर सूचनाहरुका आधारमा कोरोना भाइरसको उत्पत्ति चीनको प्रयोगशालाबाट भएको र त्यहीँबाट चुहावट भएर विश्वव्यापी महामारीको रुप लिएको हुन सक्ने आशंकामा थप बल पुगेको दाबी गरिरहेका छन् ।

    सन् २०१९ को अन्त्यतिर चीनको हुबेइ प्रान्तको वुहानमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म विश्वभर १६ करोड ७० लाख भन्दा धेरै संक्रमित भएका छन् । कोरोनाका कारण विश्वभर ३४ लाख ७२ हजार भन्दा धेरैको ज्यान गएको छ ।

    प्रकाशित मिति :जेठ १२ २०७८ बुधवार - ११:५६:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij