Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

कोभिड अस्पतालबाट भागेका संक्रमित पक्राउ

कोभिड अस्पतालबाट भागेका संक्रमित पक्राउ


  • 5.6K
    Shares

    • images
    कोभिड अस्पतालबाट भागेका  संक्रमित पक्राउ
    images

    डोटी । डोटी जिल्लाको बडिकेदार गाउँपालिकास्थित अस्थायी कोभिड अस्पतालबाट भागेका ४५ वर्षीय कोरोना संक्रमित पुरुष पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार मंगलवार दिउँसो एकाएक फरार भएका संक्रमित पुरुषलाई प्रहरी चौकी खडेउलीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक जगत बोहराको कमाण्डमा खटिएको टोलीले मंगलवार राति पक्राउ गरेको हो ।

    कोरोना उपचारका लागि गाउँपालिकाले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पताल भर्ना भएका संक्रमित पुरुष अस्पतालबाट एकाएक भागेपछि खोजीका लागि प्रहरीलाई खबर गरेपछि मंगलवार राति पक्राउ गरी पुनः अस्पतालमा ल्याइएको डा. सुरज श्रेष्ठले जानकारी दिए ।

    संक्रमित पुरुष अस्पतालबाट भागेपछि गाउँमा अरुलाई पनि कोरोना संक्रमण फैलिन सक्ने भन्दै स्थानीयमा त्रास फैलिएको थियो । भागेका संक्रमित पुरुषलाई बडिकेदार गाउँपालिका–५ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

    अत्यधिक ज्वरो आउने, काँप्ने, हातखुट्टा दुख्नेजस्ता लक्षण देखिएपछि आइतवार अस्पताल भर्ना गरिएको थियो । सोमवार गरिएको एन्टिजेन परीक्षणमा उनमा कोरोना संक्रमण देखिएपछि उनी मंगलवार भागेका थिए ।

    आफ्ना कुरुवालाई खाना ल्याउन पठाएर उनी मंगलवार दिउँसो करीब १ बजेको समयमा भागेको अस्पतालले जनाएको छ । रासस

    प्रकाशित मिति :जेठ १२ २०७८ बुधवार - ११:४२:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij