Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

तीन करोडभन्दा कमका ऋणको जोखिम भार घटाउन राष्ट्र बैंकको निर्देशन

तीन करोडभन्दा कमका ऋणको जोखिम भार घटाउन राष्ट्र बैंकको निर्देशन


  • 1.0K
    Shares

    तीन करोडभन्दा कमका ऋणको जोखिम भार घटाउन राष्ट्र बैंकको निर्देशन
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ करोडभन्दा कमका ऋणको जोखिम भार घटाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै यस्तो भार घटाउन निर्देशन दिएको हो । 

    यस्तो अण सहुलियत हुन कृषि, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्र हुनु पर्नेछ । त्यस्तै, ऋणको बीमा भएको वा पर्याप्त धितो कायम भएका ऋणका हकमा मात्रै यस्तो सुविधा पाइने राष्ट्र बैंकले जनाएको छ । 

    सरकारले शासकीय सुधारका १०० कार्यसूचीमा साना तथा मझौला ऋणको जोखिम भार घटाउने विषय समावेश गरेको थियो । 

    यो बुँदालाई कार्यान्वयन गर्न र यसअघिका राष्ट्र बैंकले नै ल्याएका एसएमई कर्जा विस्तारका कार्यक्रमलाई अघि बढाउन यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले जानकारी दिएका छन् ।

     

    प्रकाशित मिति :चैत्र २३ २०८२ सोमवार - १२:३७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij