Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

राष्ट्र बैंकद्वारा दुई मनि चेन्जरको लाइसेन्स रद्द

राष्ट्र बैंकद्वारा दुई मनि चेन्जरको लाइसेन्स रद्द


  • 1.5K
    Shares

    राष्ट्र बैंकद्वारा दुई मनि चेन्जरको लाइसेन्स रद्द

    काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा मनि चेन्जरको लाइसेन्स रद्द गरेको छ । राष्ट्र बैंकले अमृत लक्ष्मी मनि चेन्जर प्रालि र सुपर फाइन मनि चेन्जर प्रालिको अनुमतिपत्र खारेज गरेको हो ।

    दुवै कम्पनीले अनुमतिपत्र समयमा नवीकरण नगरेपछि बैंकले खारेज गरेको जनाएको छ । दुवै कम्पनी मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१५ मा रहेका छन् ।  

    राष्ट्र बैंकका अनुसार मनी चेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम १९ को उपविनियम (३) मा भएको व्यवस्था बमोजिम तोकिएको समयमा नवीकरण गर्न नसकेकोले इजाजत पत्र रद्द गर्ने गरेको हो ।

     

    images
    प्रकाशित मिति :चैत्र २० २०८२ शुक्रवार - १४:१६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij