Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कोरोनाका कारण हेटौंडा अस्पतालमा थप ३ जनाको मृत्यु

कोरोनाका कारण हेटौंडा अस्पतालमा थप ३ जनाको मृत्यु


  • 7.1K
    Shares

    कोरोनाका कारण हेटौंडा अस्पतालमा थप ३ जनाको मृत्यु

    मकवानपुर । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा उपचारका क्रममा हेटौंडा अस्पतालमा थप ३ जनाको मृत्यु भएको छ । 

    मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत २ जना महिला र एक जना पुरुषको मंगलबार विहान मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।

    उनका अनुसार, मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१४ का ६० वर्षिय पुरुषको आज विहान ४ः४५ बजे, हेटौंडा–९ की ५२ वर्षकी महिलाको ९ः३० बजे र भीमफेदी गाउँपालिकाकी ८६ वर्षकी महिलाको विहान १०ः४५ बजे मृत्यु भएको हो ।

    केही दिन अघि संक्रमण पुष्टि भएका उनीहरुको स्वास्थ्यमा थप समस्या देखिएपछि अस्पतालको कोभिड–१९ उपचार कक्षको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको डा. काफ्लेले बताए ।

    योसँगै हेटौंडा अस्पतालमा उपचारका क्रममा ५० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा १५ जना महिला रहेका छन् भने ३५ जना पुरुष रहेका छन् ।

    प्रकाशित मिति :जेठ ११ २०७८ मंगलवार - १३:०१:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij