२०८२ भाद्र ३ गते मंगलवार
गोरखा । कार्यस्थलमा चिकित्सकमाथि हातपात भएको भन्दै गोरखा अस्पतालका सबै स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । शनिबार साँझ विज्ञप्ति जारी गर्दै अस्पतालमा आन्दोलनरत स्वास्थ्यकर्मीले अस्पतालको इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको जनाएका छन् ।
सामान्य विवाद समाधानको प्रयास हुँदाहुँदै चिकित्सकमाथि हातपात हुनु दुखद भएको भन्दै विज्ञप्तिमा हातपात र दुर्व्यवहार गर्नेमाथि कारबाही नभएसम्म काममा नफर्कने विज्ञप्तिमा जनाइएको छ ।
‘अस्पतालभित्रै कार्यस्थलमा हामीमाथि हातपात र दुर्व्यवहार हुनुले हाम्रो सुरक्षाको चुनौति थपिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ चिकित्सकमाथि हातपात तथा दुर्व्यवहार गर्नेलाई कानूनी दायरामा ल्याएर दोषी उपर अबिलम्ब कानूनी कारबाही गर्न माग गर्दछौँ । साथै दोषीउपर कारबाही नभएसम्म हामी सबै स्वास्थ्यकर्मीहरु आकस्मिक सेवाबाहेक कुनै पनि काममा नफर्कने जानकारी गराउँदछौँ ।’
शनिबार गोरखा नगरपालिका ३ नारेश्वरकी एक सुत्केरी अस्पतालको सौचालय जाँदा लडेको र आफन्तलाई सुत्केरी भेट्न नदिएको बिषयमा विवाद भएको थियो ।
नेविसंघका जिल्ला अध्यक्ष सुवास अधिकारीद्वारा जारी विज्ञप्तिमा दुर्व्यवहार गर्ने डाक्टर सन्दीप श्रेष्ठप्रति कडा कारबाहीको माग गरेको छ । साथै कारबाही नगर्ने कडा आन्दोलन गर्ने र त्यसको जिम्मेवारी अस्पताल प्रशासनले लिनुपर्ने संघका अध्यक्ष सुवास अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij