Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कोरोनाको दोस्रो लहरले अर्थतन्त्र अनिश्चिततातर्फ धकेलिएको छ : गभर्नर अधिकारी

कोरोनाको दोस्रो लहरले अर्थतन्त्र अनिश्चिततातर्फ धकेलिएको छ : गभर्नर अधिकारी


  • 6.5K
    Shares

    कोरोनाको दोस्रो लहरले अर्थतन्त्र अनिश्चिततातर्फ धकेलिएको छ : गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाको दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको बताएका छन् ।

    एसियन क्लियरिब युनियन, सञ्चालक समितिको ४९औँ बैठकलाई सम्बोधन गर्दै उनले कोभिडको अघिल्लो लहरबाट प्रभावित व्यापार, पर्यटन, यातायात, उत्पादन र निर्माण क्षेत्र विस्तारै पुनरुत्थानतर्फ उन्मुख हुँदै गएको अवस्थामा दोस्रो लहरका कारण मुलुकको समष्टिगत अर्थ व्यवस्था फेरि अनिश्चिततातर्फ धकेलिएको बताए । तथापि, कोरोना प्रभावित अर्थतन्त्रको पुनरुत्थानको निम्ति थप प्रभावकारी नीतिगत व्यवस्था अवलम्बन गर्दै जाने योजनालाई राष्ट्र बैंकले उच्च प्राथमिकतामा राखेको उनले बताए ।

    बैठकमा गभर्नर अधिकारीले कोरोनाबाट प्रभावित अर्थतन्त्र र वित्तीय क्षेत्रलाई लक्षित दिशातर्फ अग्रसर गराउन राष्ट्र बैंकले गरेका विभिन्न नीतिगत व्यवस्थाबारे जानकारी गराए । कोभिड संक्रमणयताको अवधिमा तरलताको सहजीकरण, व्याजदर कटौती, अतिरिक्त चालु पुँजी कर्जाको सुविधा, कर्जाको पुनर्संरचना÷पुनर्तालिकीकरण, कर्जाको सावाँ÷ब्याज भुक्तानीको समयसीमा बढाउनेजस्ता नीतिगत सहुलियत उपलब्ध गराइएको उनले बताए ।

    कोरोनाबाट प्रभावित उद्योग, व्यवसाय, साना तथा मझौला उद्यमको उत्थानको निम्ति कर्जामा सहुलियत दिनेगरी पुनर्कर्जा सुविधालाई परिमार्जन गरिएको र पुनर्कर्जा कोषको सीमा बढाएर पाँच गुणासम्म पुनर्कर्जा सुविधा उपलब्ध गराउन सक्ने गरी आवश्यक व्यवस्था मिलाइएको जानकारी गराए । साथै, कोभिडबाट प्रभावित पर्यटनसँगै घरेलु, साना र मझौला व्यवसायमा जनशक्तिको तलबरज्याला भुक्तानीको निम्ति नेपाल सरकारको सहयोगमा छुट्टै ५० अर्ब रुपैयाँको कोष बनाइएको उनले बताए ।

    गभर्नर अधिकारीले विद्युतीय भुक्तानी प्रणालीलाई विस्तार गर्दै नगदरहित कारोबारलाई स्थापित गर्ने दिशातफै अग्रसर हुनुपर्ने आवश्यकतामा जोड दिए । “विद्युतीय भुक्तानीसम्बन्धी नीतिगत व्यवस्था र पूर्वाधार विकासका कारण बन्दाबन्दी र निषेधाज्ञाको असहज अवस्थामा मोबाइल बैंकिक, इन्टरनेट बैंकिङ, क्यूआर कोड, कनेक्ट आईपीएसलगायत विद्युतीय माध्यमबाट उत्साहजनक कारोबार भएका छन् । यसलाई हामीले अझ व्यापक बनाउनुपर्ने आवश्यकता छ,” उनले भने ।

    रिजर्व बैंक अफ इन्डिया (आरबीआई)ले उक्त भर्चुअल बैठक आयोजना गरेको हो । बैठकका अवसरमा युनियनमा आबद्ध केन्द्रीय बैंकका तर्फबाट आ–आफ्नो मुलुकको समष्टिगत आर्थिक तथा वित्तीय स्थितिसँगै कोरोनाको असरलाई न्यूनीकरण गर्न अवलम्बन गरिएका नीतिगत व्यवस्थासम्बन्धी विवरण प्रस्तुत गरिएको थियो ।

    सो अवसरमा एसिया तथा प्यासिफिक क्षेत्रका लागि राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोगका उपमहासचिव आर्मिदा सल्सिया अलिस्जबानाले कोभिड महामारीबाट प्रभावित अर्थतन्त्रलाई गतिशील तुल्याउनका निम्ति युनियनमा आबद्ध केन्द्रीय बैंकहरूबीच नीतिगत सहकार्य र समन्वय हुनुपर्ने सुझाव दिएको राष्ट्र बैंकले जनाएको छ ।

    प्रकाशित मिति :जेठ ११ २०७८ मंगलवार - ११:५५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij