Logo

२०८२ चैत्र १७ गते मंगलवार

२०८२ चैत्र १७ गते मंगलवार

हङकङमा बसले ट्याक्सीलाई ठक्कर दिँदा २ जनाको मृत्यु

हङकङमा बसले ट्याक्सीलाई ठक्कर दिँदा २ जनाको मृत्यु


  • 666
    Shares

    • images
    हङकङमा बसले ट्याक्सीलाई ठक्कर दिँदा २ जनाको मृत्यु

    काठमाडौं । हङकङको लान्ताउ लिंक राजमार्गमा रोकिराखेको ट्याक्सीलाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। लङविन बसद्वारा सञ्चालित डबल-डेकर बसले तुङचुङतर्फ जाँदै गर्दा राजमार्गको चिङयी खण्डमा ट्याक्सीलाई ठक्कर दिएको हो। 

    बसको ठक्करपछि घाइते ६६ वर्षीय ट्याक्सी चालक र ३७ वर्षीय यात्रुलाई बेहोस अवस्थामा चुनवानको यानचाइ अस्पताल लगिएको थियो। उनीहरूलाई अस्पतालले राति मृत घोषित गरेको हो।

    दुर्घटनामा बसमा सवार ६६ वर्षीया एक महिला यात्रु पनि सामान्य घाइते भएकी छन्। मुखमा सामान्य चोट लागेकी उनलाई क्वाईचुङस्थित प्रिन्सेस मार्गरेट अस्पतालमा लगिएको थियो।

    स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार दुर्घटना गराउने ४६ वर्षीय बस चालकलाई प्रहरीले पक्राउ गरेको छ।  

    प्रकाशित मिति :चैत्र १७ २०८२ मंगलवार - १३:०८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij