Logo

२०८२ चैत्र १७ गते मंगलवार

२०८२ चैत्र १७ गते मंगलवार

प्रधानमन्त्री बालेनसँग राष्ट्र बैंकका गभर्नरको भेट

प्रधानमन्त्री बालेनसँग राष्ट्र बैंकका गभर्नरको भेट


  • 785
    Shares

    • images
    प्रधानमन्त्री बालेनसँग राष्ट्र बैंकका गभर्नरको भेट

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलबिच भेटवार्ता भएको छ । सोमबार  गभर्नर पौडेलले प्रधानमन्त्री शाहसँग मन्त्रालयमा भेट गरेको गभर्नरका स्वकीय सचिव शरण कुमार अधिकारीले जानकारी दिएका छन् । 

    उक्त भेटमा प्रधानमन्त्री बालेनले अहिले बैंकिङ क्षेत्रमा देखिएको समस्यादेखि रेमिट्यान्स आप्रवाह र बाह्य क्षेत्र अवस्थाबारे चासो राखेको राष्ट्र बैंक स्रोतले जनाएको छ । त्यस्तै, राष्ट्र बैंकले गर्नुपर्ने काममा भएका अप्ठ्यारा र त्यसमा सरकारले गर्नुपर्ने सहजीकरणको बारेमा समेत बताइएको छ । 

    सो क्रममा भेटमा गभर्नर पौडेलले रिक्त डेपुटी गभर्नर नियुक्तिको विषयमा उठाएका थिए । झन्डै एक महिनादेखि डेपुटी गभर्नर रिक्त भएको भन्दै समयमा नियुक्ति गरिदिए काम गर्न सजिलो हुने गभर्नरले बताएका थिए । तर बालेनले भने यो विषयमा उनले खासै चासो नदिएको बताइएको छ । 

    नेपाल राष्ट्र बैंकमा दुईजना डेपुटी गभर्नरको गत चैत २४ गतेदेखि रिक्त छ । राष्ट्र बैंकमा हाल कार्यारत १८ कार्यकारी निर्देशक मध्येबाट दुई जना उक्त पदमा नियुक्त हुन्छन् । यसका लागि ४ जनाको नाम गभर्नरले सिफारिस गर्ने र यसमध्ये दुईजना नियुक्त गर्ने व्यवस्था छ ।

      

    प्रकाशित मिति :चैत्र १७ २०८२ मंगलवार - १२:५५:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij