Logo

२०८२ चैत्र १७ गते मंगलवार

२०८२ चैत्र १७ गते मंगलवार

अमेरिकी विशेष फौजका सैयौँ सैनिक मध्यपूर्व क्षेत्रमा

अमेरिकी विशेष फौजका सैयौँ सैनिक मध्यपूर्व क्षेत्रमा


  • 246
    Shares

    • images
    अमेरिकी विशेष फौजका सैयौँ सैनिक मध्यपूर्व क्षेत्रमा

    काठमाडौँ । बीबीसीको अमेरिकी साझेदार सञ्चारमाध्यम सीबीएस न्युजका अनुसार अमेरिकी विशेष फौजका सैयौँ सैनिक मध्यपूर्व क्षेत्रमा पुगेका छन् ।

    रिपोर्टअनुसार अमेरिकी नेभी सिल्स, अमेरिकी आर्मी रेन्जर्स र प्याराट्रुपर्स (हवाईमार्गबाट झर्ने सैनिक) त्यहाँ तैनाथ भइसकेका छन् । साथै अमेरिकी मरीन फौज पनि यो क्षेत्रमा उपस्थित रहेको जनाइएको छ ।
     
    स्रोतहरूलाई उदृत गर्दै सीबीएसले जनाएअनुसार यी सैनिकहरूको तैनाथीको उद्देश्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानसँग सम्बन्धित सम्भावित कारबाहीका विकल्पहरू उपलब्ध गराउनु हो ।
    सम्भावित विकल्पहरूमा होर्मुज जलघाँटी खोल्ने, खार्ग टापुबाट तेल नियन्त्रण गर्ने वा इरानको समृद्ध युरेनियम भण्डारमाथि नियन्त्रण गर्ने अभियानसमेत पर्न सक्छन् ।
     
    अमेरिकी केन्द्रीय कमानले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ । यसअघि शनिबार सेन्टकमले ३ हजार ५ सय नौसैनिक र मरीन यूएसएस ट्रिपोलीमा सवार भएर मध्यपूर्व पुगेको जानकारी दिएको थियो ।

    प्रकाशित मिति :चैत्र १७ २०८२ मंगलवार - ०७:४७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij