२०८२ चैत्र १६ गते सोमवार
काठमाडौं । सुपरहिट फिल्म ‘आबाट आमा’ को दोस्रो श्रृंखलामा अभिनेता आकाश श्रेष्ठ अनुबन्धित भएका छन् । निर्मातासँग सोमबार उनले लिखित सम्झौता गरेका छन् ।
निर्देशक चन्द्र पन्तले अभिनेता श्रेष्ठलाई शीर्षमध्येको एक भूमिकामा अनुबन्धित गरिएको जानकारी दिएका छन् ।
यसअघि यो फिल्ममा पल शाह र विपना थापा अनुबन्धित भैसकेका छन् । पहिलो भागपछि दोस्रोमा यी दुई कलाकारको पुनरागमन हो ।
आर्या इन्टरटेन्टमेन्टको व्यानरमा निर्माण हुने फिल्मको छायांकन बैशाखदेखि सुरु हुने जनाइएको छ ।
दोस्रो श्रृंखलाको प्रदर्शन आगामी दशैं छेकोमा हुने चर्चा छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij