Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

एमाले स्थायी कमिटी बैठक जारी, देउवाको पक्षमा हस्ताक्षर गर्ने भीम रावलसहित ११ जनामाथि कारवाहीबारे छलफल

एमाले स्थायी कमिटी बैठक जारी, देउवाको पक्षमा हस्ताक्षर गर्ने भीम रावलसहित ११ जनामाथि कारवाहीबारे छलफल


  • 7.1K
    Shares

    एमाले स्थायी कमिटी बैठक जारी, देउवाको पक्षमा हस्ताक्षर गर्ने भीम रावलसहित ११ जनामाथि कारवाहीबारे छलफल
    images

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने विघटित प्रतिनिधिसभाका सदस्यहरुमाथि कारवाही गर्ने बारे छलफल चलेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा यसअघि शनिबारको बैठकले स्पष्टीकरण सोधिएका झलनाथ खनाल,माधव नेपाल र भीम रावलसहित ११ जनाले स्पष्टीकरण नबुझाएकाले थप कारवाही गर्ने बारे छलफल भइरहेको एक सदस्यले बताए ।

    अर्को स्पष्टीकरण सोध्ने वा अनुशासन उल्लंघनको आरोपमा निष्कासनको कारवाही गर्ने भन्ने बैठकले टुंगो लगाउनेछ । आज रिट निवेदनमा २३ जना निवर्तमान सांसदले हस्ताक्षर गरेको विषयमा पनि गम्भीर छलफलल भइरहेको बताइएको छ ।

     

    प्रकाशित मिति :जेठ १० २०७८ सोमवार - १७:५६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij