Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन छ: शिक्षमन्त्री श्रेष्ठ

एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन छ: शिक्षमन्त्री श्रेष्ठ


  • 6.6K
    Shares

    एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन छ: शिक्षमन्त्री श्रेष्ठ

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले यस बर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन रहेको भन्दै बिभिन्न बिकल्पमा छलफल भइरहेको जनाएको छ ।

    सोमबार सिंहदरबारमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनको ज्ञापन पत्र बुझ्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले दोश्रो चरणको कोरोना महामारीका कारण एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन हुदै गएको बताए ।

    उनले एसईई परीक्षाका बिषयमा मन्त्रालयले बिभिन्न विकल्पमाथि छलफल गरेको र छिटै टुङ्गो लाग्ने समेत बताए ।

    उनले एसईई र कक्षा १२ को परीक्षाका बिषयमा छलफल गर्न मन्त्रालयले कार्यदल गठन गरेको र कार्यदलको सुझावका आधारमा छिटै निर्णय लिइने जानकारी दिए । त्यस्तै शिक्षा क्षेत्रको सुधारका लागि बजेट थप गर्ने लगायतका अन्य बिषयमा पनि सरकार गम्भीर रहेको मन्त्री श्रेष्ठले बताए ।

    मन्त्री श्रेष्ठलाई ज्ञापन पत्र बुझाउदै अखिलका संयोजक ऐन महरले विद्यालय तहको परीक्षा वैकल्पिक विधिबाट तत्काल सम्पन्न गरी असार १ गतेदेखि नया शैक्षिकसत्र शुरु गर्न माग गरे ।

    १३ बुँदे ज्ञापन पत्रमा भौतिक उपस्थितिमा पढाइ नहुँदासम्मको अवधिको शुल्क मिनाहा गर्नुपर्ने, विद्यालय तहको परीक्षा वैकल्पिक विधिबाट तत्काल सम्पन्न गर्नुपर्ने, असार १ गतेदेखि नया शैक्षिकसत्र शुरु गर्नुपर्ने लगाएतका माग राखिएको छ ।

    प्रकाशित मिति :जेठ १० २०७८ सोमवार - १७:५०:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij