Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

स्वर्णिम वाग्लेले सम्हाले अर्थ मन्त्रालयको जिम्मेवारी

स्वर्णिम वाग्लेले सम्हाले अर्थ मन्त्रालयको जिम्मेवारी


  • 274
    Shares

    • images
    स्वर्णिम वाग्लेले सम्हाले अर्थ मन्त्रालयको जिम्मेवारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको बागडोर सम्हालेका छन् । 

    शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट अर्थ मन्त्रीको पद तथा गोपनीयताको शपथ लिएसँगै उनले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । 

    स्वर्णिम पहिलो पटक मन्त्री बनेका हुन् । अर्थमन्त्रीको जिम्मेवारी पाएका डा. स्वर्णिम वाग्लेले राजस्व अनुसन्धान विभाग सहित १५ ऐन खारेज गर्ने पहिलो निर्णय गरेका छन् । साथै,  १३ चैतसम्मको पछिल्लो आर्थिक स्थितिपत्र (ह्वाइटपेपर) तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।

    उनका अनुसार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएका सुझाव अनुसार राजस्व अनुसन्धान विभाग खारेज सहित कानुन खारेजी अध्ययन गर्न कार्यदलले काम गर्ने छ । यसमा सबै पुराना कानुन संशोधन गर्ने (१५ ऐन खारेज गर्ने) प्रक्रियाका लागि कार्यदल गठन गर्न लागिएको हो ।

     

    प्रकाशित मिति :चैत्र १३ २०८२ शुक्रवार - १४:३१:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij