Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

गायिका कोमल वलीका बुबाको छतबाट खसेर निधन

गायिका कोमल वलीका बुबाको छतबाट खसेर निधन


  • 610
    Shares

    • images
    गायिका कोमल वलीका बुबाको छतबाट खसेर निधन

    काठमाडौं । चर्चित गायिका तथा पूर्वसांसद कोमल वलीका पिता ललितबहादुर वलीको निधन भएको छ । शुक्रबार दाङको तुलसीपुरस्थित आफ्नै निवासको छतमा घाम ताप्न जाने क्रममा खसेर ८५ वर्षीय ललितको निधन भएको हो ।

    गायिका वलीले सामाजिक सञ्जालमार्फत बुवाको ‘महाप्रस्थान’ भएको जानकारी दिएकी छन् । वलीका अनुसार उनको पार्थिव शरीरलाई अन्तिम दर्शन र श्रद्धाञ्जलीका लागि तुलसीपुर (बाहिनी गेट नजिकै) रहेको निजी निवास ‘दिपा-ललित निवास’ मा राखिएको छ।

    स्वर्गीय ललितबहादुर वली केवल एक अभिभावक मात्र नभई दाङको साहित्यिक र सामाजिक क्षेत्रका एक सक्रिय व्यक्तित्व थिए । वि.सं. १९९८ मंसिर १५ गते जन्र्मिका उनका ‘दर्पण’ (राष्ट्रिय गीत सङ्ग्रह) र ‘मातृभूमि’ (कविता सङ्ग्रह) गरी दुईवटा कृति प्रकाशित छन् । 

     

    प्रकाशित मिति :चैत्र १३ २०८२ शुक्रवार - १४:०८:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij