२०८२ चैत्र १३ गते शुक्रवार
काठमाडौं । विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकले जनचेतना जगाउने उद्देश्यका साथ ५ किलोमिटर लामो प्रभातफेरी ९वाकाथन० सम्पन्न गरेको छ।
सन् २०२६ को विश्व पानी दिवसको नारा “Water and Gender” सँग ऐक्यबद्धता जनाउँदै सुरक्षित पानी, सरसफाइ र लैङ्गिक समानताको सन्देश प्रवाह गर्न बैंकले यो कार्यक्रम आयोजना गरेको हो।
पानीको सदुपयोग र सरसफाइको महत्त्व झल्काउने प्लेकार्डसहित नक्साल नारायणचौरबाट सुरु भएको वाकाथन हात्तीसार, पुतलीसडक, रत्नपार्क, दरबारमार्ग हुँदै पुनः नक्साल पुगेर टुंगिएको थियो।
सामाजिक सञ्जालमार्फत गरिएको आह्वानमा २६४ महिला र ४३३ पुरुष गरी ६९७ भन्दा बढी सर्वसाधारणले यसमा सहभागिता जनाएका थिए।
यसै अवसरमा बैंकले चालू आर्थिक वर्षभित्र देशभरका सार्वजनिक स्थानहरूमा ९ वटा पानी शुद्धीकरण (वाटर प्युरिफायर) मेसिन जडान गर्ने र जलस्रोत वरपर सरसफाइ अभियान सञ्चालन गर्ने योजनासमेत सार्वजनिक गरेको छ।
यस पहलले सर्वसाधारणलाई स्वच्छ र सुरक्षित पिउने पानी उपलब्ध गराई जनस्वास्थ्य प्रवर्द्धनमा योगदान पुर्याउने बैंकले विश्वास लिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij