Logo

२०८२ चैत्र १२ गते बिहिवार

२०८२ चैत्र १२ गते बिहिवार

बङ्गलादेशमा नदीमा बस खस्दा २३ जनाको मृत्यु

बङ्गलादेशमा नदीमा बस खस्दा २३ जनाको मृत्यु


  • 659
    Shares

    • images
    बङ्गलादेशमा नदीमा बस खस्दा २३ जनाको मृत्यु

    काठमाडौं । बङ्गलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु हु्नुका साथै धेरै घाइते भएको अधिकारीहरूले बताएका छन् । प्रहरी निरीक्षक रसेल मोल्लालाई उदृत गर्दै एएनआईलाईले दुर्घटना रातीको समयमा भएकाले उद्धार कार्य केहि समयका लागि रोकियर उज्यालो भए पछि पुनः सुरु भएको बताएका छन् ।

    उनले अहिले सम्म २३ जनाको शव बरामद गरेको उल्लेख गर्दै त्यहाँ अझै कोहि बेपत्ता हुन सक्ने बताएका छन् । राति उद्धार अभियान केही हदसम्म रोकियता पनि सेना ,अग्नी नियन्त्रण सेवा प्रहरी लगायतको समूहहरूले संयुक्त उद्धार अभियान चलाइरहेको उनले बताएका छन् ।

    करिब ४० जना यात्रु बोकेको बस राजबारीबाट ढाका जाँदै गर्दा ढाकाबाट १२८ किलोमिटर टाढा छदौलतदियाको “फेरी टर्मिनल” नम्बर-३ अगाडिबाट साँझ ५ः०० बजे पद्मा नदीमा खसेको जनाइएको छ ।

    ढाका ट्रिब्यूनका अनुसार बुधबार साँझ राजबारीको दौलतदिया नजिक पद्मा मदीको किनारमा पारिवारिक वियोगका कारण शोकाकुल आफन्तहरू भेला भएका थिए, उद्धार टोलीहरूले यात्रु बस र नदीमा खसेका मानिसहरूको खोजी गरिरहेको थियो ।

     

    प्रकाशित मिति :चैत्र १२ २०८२ बिहिवार - १५:१७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij