Logo

२०८२ चैत्र १२ गते बिहिवार

२०८२ चैत्र १२ गते बिहिवार

ग्लोबल मनी विक २०२६: कृषि विकास बैंकद्वारा १५ सय जनालाई वित्तीय साक्षरता प्रदान

ग्लोबल मनी विक २०२६: कृषि विकास बैंकद्वारा १५ सय जनालाई वित्तीय साक्षरता प्रदान


  • 477
    Shares

    • images
    ग्लोबल मनी विक २०२६: कृषि विकास बैंकद्वारा १५ सय जनालाई वित्तीय साक्षरता प्रदान

    काठमाडौं । कृषि विकास बैंक लिमिटेडले “ग्लोबल मनी विक अभियान,२०२६” अन्तर्गत १५०० भन्दा बढी विद्यार्थी तथा महिला कृषि व्यवसायीहरुलाई वित्तीय साक्षर प्रदान गरेको छ ।

    यही मार्च १६ देखि २२ सम्म सञ्चालन भएको अभियान मार्फत सात वटै प्रदेशका १५०० भन्दा बढी विद्यार्थी तथा महिला कृषि व्यवसायीहरुलाई वित्तीय साक्षरता प्रदान गरिएको बैंकले जनाएको हो ।

    विश्वव्यापी रुपमा प्रत्येक वर्ष मनाइने ग्लोबल मनी विक यस वर्ष ‘स्मार्ट मनी टक्स’ नारासहित मनाइएको हो । जस अन्तर्गत बैंकले मुलुकका विभिन्न स्थानमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले बचत गर्ने बानी, कर्जा लगानी, कजाको सदुपयोग, डिजिटल बैंकिङ सेवाहरु, वित्तीय ठगीलगायत विषयमा विद्यार्थी तथा युवाहरुलाई सचेतना एवं अभिमुखीकरण गराएको छ ।

    बैंकले विभिन्न शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य सहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ । 

    बैंकले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजना र दिगो विकासमा योगदान पुर्याउने आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ ।   

    प्रकाशित मिति :चैत्र १२ २०८२ बिहिवार - १२:३०:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij