Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

आजको राशिफल । २०८२ चैत्र ११ गते बुधवार

आजको राशिफल । २०८२ चैत्र ११ गते बुधवार


  • 71
    Shares

    • images
    आजको राशिफल । २०८२ चैत्र ११ गते बुधवार

    २०८२ चैत ११ गते  बुधवार

    Mar 25, 2026
     शक संवत् १९४७, नेपाल संवत् ११४६
    चैत शुक्ल सप्तमी

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

    दिन राम्रो छ । व्यापारमा फाइदा हुनेछ। खर्च कटौती गर्नुपर्ने दिन छ। शिक्षामा गहिरो अध्ययनको खाँचो छ। नयाँ कुराको सुरुवात गर्ने दिन छ।

    वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

    दिन सामान्य छ। ठुलो लगानी नगर्नु उचित हुनेछ। गलत कामले पश्चाताप हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

    तपाईंका लागि आजको दिन धेरै राम्रो छ । बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

     दिन राम्रो छ। काममा सफलता प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। आफन्तबाट भने धोका हुने भएकाले सचेत बन्नुपर्नेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ । स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। राज्यको तर्फबाट भय र त्रास बढ्ने जोखिम छ। परिवारको सहयोग लिएर अगाडि बढ्दा राम्रो हुनेछ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। लगानी गरेको भए फाइदा हुनेछ। साना कुराले मनमा अशान्ति फैलने छ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

    दिन राम्रो छ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ। राज्यको तर्फबाट सम्मान प्राप्त हुनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्न जानेमा फाइदा हुनेछ । प्राविधिक शिक्षा र व्यापारमा गरेको प्रयास सफल बन्नेछ। दैनिक काममा भने ढिलासुस्ती हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

    विपक्षी साथीले प्रशंसा गर्नेछन्। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेममा सफलता मिल्ने योग छ ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

    दिन सामान्य राम्रो छ। विपक्षी सक्रिय रहेकाले काम गर्दा सचेत बन्नुपर्ने देखिन्छ । शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने छ। राज्यको तर्फबाट अवसर प्राप्त हुने छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

    सञ्चित धन खर्च हुने छ। भएको सम्पत्ति जोगाउनु उचित हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

    तपाईंका लागि दिन सामान्य छ। साना कुराले स्वास्थ्यमा समस्या हुनेछ। सहकर्मीबाट असहयोग हुने जोखिम छ। अग्रजको सुझाव लिएर गरेको काम सफल बन्नेछ । प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ ।

    तपाईको दिन शुभ रहोस्

    प्रकाशित मिति :चैत्र ११ २०८२ बुधवार - ०३:३०:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij