२०८२ चैत्र १० गते मंगलवार
काठमाडौं । एनएमबि बैंकले ग्लोबल मनी विक २०२६ को अवसर पारेर देशभर विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ। युवा पुस्तामा वित्तीय ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले आफ्ना शाखाहरू मार्फत विद्यालय, कलेज तथा समुदायस्तरमा यी कार्यक्रमहरू सञ्चालन गरेको हो।
बैंकका अनुसार यी कार्यक्रमहरूमा सहभागीहरूलाई बचत गर्ने बानी, जिम्मेवार वित्तीय व्यवहार, डिजिटल बैंकिङको सुरक्षित प्रयोग र दीर्घकालीन वित्तीय योजनाका बारेमा विस्तृत जानकारी प्रदान गरिएको थियो।
बैंकद्वारा सञ्चालित यस वित्तीय साक्षरता अभियानबाट देशभरका ४,००० भन्दा बढी व्यक्तिहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
वित्तीय साक्षरताका अतिरिक्त बैंकले देशका विभिन्न स्थानमा वित्तीय सचेतना अभिवृद्धि गर्न प्रभातफेरी तथा जनचेतनामूलक र्यालीहरूको समेत आयोजना गरेको थियो। बैंकले आफ्ना सामाजिक सञ्जालका माध्यमहरूबाट पनि वित्तीय सचेतना सम्बन्धी विभिन्न जानकारीमूलक सामग्रीहरू सार्वजनिक गरेको जनाएको छ।
एनएमबि बैंकले हाल देशभर रहेका २०२ शाखाहरू, १८४ एटीएमहरू र ९ वटा एक्स्टेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij