Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

कोलम्बियामा सैनिक विमान दुर्घटना, ३४ जनाको मृत्यु

कोलम्बियामा सैनिक विमान दुर्घटना, ३४ जनाको मृत्यु


  • 603
    Shares

    • images
    कोलम्बियामा सैनिक विमान दुर्घटना, ३४ जनाको मृत्यु

    कोलम्बिया । कोलम्बियाको दक्षिणी अमेजन प्रान्त पुतुमायोमा सैनिक विमान दुर्घटनामा कम्तीमा ३४ जनाको मृत्यु भएको छ। रक्षा मन्त्री पेद्रो सान्चेज (Pedro Sanchez)ले  विमानले पुतुमायो प्रान्तकै अर्को शहरतर्फ सैनिकहरूलाई लैजाने क्रममा दुर्घटना भएको सामाजिक सञ्जाल एक्समा  पुष्टि गरेका हुन्। ​​​​​​

    पुतुमायोका गभर्नर झोन गाब्रिएल मोलीनाले दिएको जानकारीअनुसार ३४ जनाको शव फेला परेको छ, जसमा २१ जनाको पहिचान अझै हुन बाँकी छ।कोलम्बियाली वायुसेनाले जनाएअनुसार लखिड मार्टिन निर्मित हर्क्युलिस C-130 विमानमा १२५ जना सैनिक सवार थिए। विमान उडान भरेको १.५ किलोमिटरमै जमिनमा ठोक्किएको थियो। विमानमा रहेको गोलीगठ्ठा आगलागीका कारण विस्फोट भएको बताइएको छ।
     
    रक्षा मन्त्री सान्चेजले यो दुर्घटनामा अवैध समूहको आक्रमणको कुनै संकेत नभएको स्पष्ट पारे। वायुसेनाका कमाण्डर कार्लोस फर्नान्डो सिल्भाले घाइतेलाई राजधानी बोगोटा र अन्य अस्पतालमा लैजान दुई उद्धार विमान पठाइएको जानकारी दिएका छन्।
     
    कोलम्बियाले पहिलो हर्क्युलिस C-130 विमान सन् १९६० दशकमा ल्याएको थियो। पछिल्ला वर्षमा अमेरिकाबाट नयाँ मोडेल ल्याएर पुराना विमानलाई आधुनिक बनाइएको छ। 

    प्रकाशित मिति :चैत्र १० २०८२ मंगलवार - ०८:१७:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij