२०८२ चैत्र ९ गते सोमवार
काठमाडौं । मुक्तिनाथ विकास बैंकले “अवसरको झोला” अभियान सञ्चालन गरी आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित विद्यार्थीहरूलाई विद्यालय झोला र स्टेशनरी वितरण गरेको छ।
कसैका लागि साधारण देखिने एउटा झोला, यी बालबालिकाका लागि भने अवसरको ढोका बन्न सक्छ। यही सोचका साथ बैंकले उनीहरूको काँधमा केवल झोला मात्र होइन, सम्भावना, आत्मविश्वास र उज्ज्वल भविष्यको आशा पनि सुम्पिएको छ ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता पहलहरूलाई निरन्तरता दिँदै समुदायमा दिगो प्रभाव सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ।
हाल सम्म बैंकले सुर्खेत, कालिकोट, धनुषा लगायतका जिल्लाहरु गरि करिब ५०० भन्दा बढी विद्यालय झोलाहरु प्रदान गरिसकेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij