Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

नेपाल एसबिआई बैंकद्धारा ग्लोबल मनी वीकको अवसरमा देशका विभिन्न ४४ स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम

नेपाल एसबिआई बैंकद्धारा ग्लोबल मनी वीकको अवसरमा देशका विभिन्न ४४ स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम


  • 603
    Shares

    • images
    नेपाल एसबिआई बैंकद्धारा ग्लोबल मनी वीकको अवसरमा देशका विभिन्न ४४ स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम

    काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ग्लोबल मनी विक २०२६ को अवसरमा “Smart Money Talks” भन्ने नाराका साथ देशका विभिन्न ४४ स्थानहरुमा चैत्र २ देखी ८ गतेसम्म बिधार्थी तथा युवा लक्षित  वित्तीय साक्षरता कार्यक्रमहरुको आयोजना गरेको छ ।

    सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले स्कुल तथा कलेजका विद्यार्थीहरूलाई बचतको महत्व, ऋण तथा लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगी सम्बन्धी सचेतना र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणा लगायत विभिन्न विषयहरूमा जानकारी गराएको थियो । 

    उक्त कार्यक्रमहरु कोशी प्रदेशको इटहरी, भोजपुर, बिराटनगर, बरगाछी,  बिर्तामोड, इलाम, दमक र फिदिम, मधेस प्रदेशको सिमरा, बर्दिबास, बिरगञ्ज,  चन्द«निगाहापुर, राजगढ,  पिडारी चौक र जनकपुर, बागमति प्रदेशको पाटन, धादिङ,  नारायणगढ र हेटौंडा, गन्डकी प्रदेशको दुलेगौंडा, पोखरा, आबुखैरेनी, बेसीशहर, दमौली, वालिङ, कावासोती, बिरौटा र शिशुवा,  लुम्बिनी प्रदेशको सुनछहारी, दाङ, बुटवल, भैरहवा, सन्धिखर्क, लमही  र रामपुर बजार, कर्णाली प्रदेशको सुर्खेत  र चामुण्डा, सुदुर पश्चिम प्रदेशको धनगढी, गन्यापधुरा, डडेलधुरा, महेन्द«नगर, शिबनाथ, अत्तरीया र टिकापुर लगायतका विभिन्न स्थानहरुमा सञ्चालित कार्यक्रम मार्फत ३००० भन्दा बढी विद्यार्थी तथा युवाहरु लाभान्वित भएका थिए ।

    नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।  

     

    प्रकाशित मिति :चैत्र ८ २०८२ आइतवार - १६:३५:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij