Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

ग्लोबल मनी विकमा राष्ट्रिय वाणिज्य बैंकको ‘स्मार्ट मनी टक्स’ कार्यक्रम

ग्लोबल मनी विकमा राष्ट्रिय वाणिज्य बैंकको ‘स्मार्ट मनी टक्स’ कार्यक्रम


  • 575
    Shares

    • images
    ग्लोबल मनी विकमा राष्ट्रिय वाणिज्य बैंकको ‘स्मार्ट मनी टक्स’ कार्यक्रम

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्लोबल मनी विक २०२६ को अवसरमा शुक्रबार स्मार्ट मनी टक्स कार्यक्रम सम्पन्न गरेको छ। नयाँ बानेश्वरस्थित रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनालले वित्तीय साक्षरताको महत्वबारे प्रकाश पारेका थिए।

    विद्यार्थीहरूलाई सम्बोधन गर्दै खनालले वित्तीय साक्षरता विद्यालय तहदेखि नै अनिवार्य रहेको र यसले पैसाको उचित व्यवस्थापन तथा सदुपयोग गर्न सिकाउने बताए । उनले युवा तथा विद्यार्थीहरूले वित्तीय क्षेत्रका बारेमा बढीभन्दा बढी जानकारी राख्नुपर्नेमा जोड दिँदै राष्ट्रिय वाणिज्य बैंकले यस विषयलाई निरन्तर प्राथमिकता दिँदै आएको स्पष्ट पारे।

    कार्यक्रममा बोल्दै खनालले अपरिचित व्यक्ति वा नम्बरबाट आउने फोन, एसएमएस र सामाजिक सञ्जालका शङ्कास्पद लिङ्कहरू नखोल्न सबैलाई आग्रह गरे। सित्तैमा पैसा दिने प्रलोभन वा थोरै रकम दिएर धेरै रकम माग गर्ने जस्ता ठगीका अभ्यासहरू समाजमा देखिएकाले यस्ता प्रलोभनमा नपर्न उनले सचेत गराए ।

    विद्यार्थीहरूले सोधेका जिज्ञासाको जवाफ दिँदै उनले वित्तीय साक्षरताको सुरुवात विद्यालयबाटै गरी प्रत्येक घरघरमा पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताए ।

    बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद भट्ट, बैंकका उपकार्यकारी अधिकृतहरू विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल र राम कुमार थापा सहभागी थिए। साथै विभागीय प्रमुखहरू आनन्द सुवेदी, सचिन कुमार श्रेष्ठ र विभागीय उपप्रमुख उभार पाण्डेको पनि उपस्थिति रहेको थियो।

    हरेक वर्ष १६ देखि २२ मार्चसम्म विश्वव्यापी रूपमा मनाइने ग्लोबल मनी विकका अवसरमा राष्ट्रिय वाणिज्य बैंकले देशभर वित्तीय साक्षरतासहितका विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

     

    प्रकाशित मिति :चैत्र ८ २०८२ आइतवार - १४:४८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij