Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

एनआइसी एसिया लघुवित्तका सिइओले दिए राजीनामा

एनआइसी एसिया लघुवित्तका सिइओले दिए राजीनामा


  • 526
    Shares

    • images
    एनआइसी एसिया लघुवित्तका सिइओले दिए राजीनामा

    काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चोलराज शर्मा जोशीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

    संस्थाको सञ्चालक समितिको बैठकले जोशीले दिएको राजीनामा मिति चैत ८ गते आइतबार बिहानदेखि नै लागू हुने गरी स्वीकृत गरेको छ । 

    जोशी संस्थाको २२२औँ सञ्चालक समितिको बैठकबाट नियुक्त भई २०८१\०४\०३ गतेदेखि प्रमुख कार्यकारी अधिकृतको पदमा कार्यरत थिए ।

    जोशीको राजीनामासँगै संस्थाको रिक्त सिइओ पदमा मेष बहादुर बस्नेतलाई जिम्मेवारी दिइएको छ । हाल संस्थाको नायव प्रमुख कार्यकारी अधिकृत (डिपुटी सिइओ) पदमा कार्यरत रहेका बस्नेतलाई सञ्चालक समितिले नभएसम्मका लागि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

    प्रकाशित मिति :चैत्र ८ २०८२ आइतवार - १२:२१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij