Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

युद्धबिच इरानले निकाल्यो १ करोड रियालको नयाँ नोट

युद्धबिच इरानले निकाल्यो १ करोड रियालको नयाँ नोट


  • 351
    Shares

    • images
    युद्धबिच इरानले निकाल्यो १ करोड रियालको नयाँ नोट

    काठमाडौं । बढ्दो मुद्रास्फीति र नगद अभावलाई व्यवस्थापन गर्न इरानले इतिहासमै सबैभन्दा ठुलो मूल्यको बैंक नोट सार्वजनिक गरेको छ । 

    इरानले १ करोड रियालको नयाँ नोट जारी गरेको छ । बैंकहरूले यसै साता नयाँ नोट वितरण सुरु गरेका छन् । यसको मूल्य करिब ७ अमेरिकी डलर बराबर पर्छ । 

    अमेरिका–इजरायलसँगको जारी युद्धका कारण सर्वसाधारणमा वित्तीय प्रणालीप्रति अनिश्चितता बढेपछि मानिसहरू नगद झिक्न बैंक र एटिएम अगाडि लामबद्ध हुन थालेका छन् । कतिपय स्थानमा एटिएमहरू चाँडै खाली भएका छन् भने बैंकहरूले ग्राहकलाई सीमित मात्रामा रकम उपलब्ध गराइरहेका छन् । 

    नयाँ गुलाबी रंगको नोटमा ऐतिहासिक यज्दको जामे मस्जिद को चित्र समेटिएको छ भने पछाडिको भागमा २५०० वर्ष पुरानो बाम गढको तस्बिर राखिएको छ । यसले यसअघि प्रचलनमा रहेको ५० लाख रियालको नोटलाई उछिन्दै सबैभन्दा ठुलो दरको नोटको स्थान लिएको छ । इरानको केन्द्रीय बैंकले यो कदम जनतालाई नगद पहुँच सुनिश्चित गर्नका लागि उठाइएको दाबी गरेको छ । 

    साथै डेबिट कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रणाली अझै पनि मुख्य कारोबार माध्यमकै रूपमा प्रयोग भइरहने बताइएको छ । 

    इरानको अर्थतन्त्र पहिले नै अमेरिकी प्रतिबन्ध, घट्दो तेल आम्दानी, उच्च मुद्रास्फीति र संरचनात्मक भ्रष्टाचारका कारण कमजोर अवस्थामा थियो । 

    पछिल्ला वर्षहरूमा रियालको मूल्य तीव्र रूपमा घटेपछि सर्वसाधारण सकसमा छन् । त वर्षको युद्धपछि मुद्रा करिब ४० प्रतिशतसम्म कमजोर भएको थियो भने हालैको द्वन्द्व सुरु हुनुअघि प्रति डलर १६ लाख ६० हजार रियालसम्म झरेको विनिमय दर केही सुधार भई अहिले करिब १५ लाख रियाल आसपास छ । 

     

    प्रकाशित मिति :चैत्र ८ २०८२ आइतवार - १२:००:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij