Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

त्रिविको परीक्षा फारम अनलाइनबाटै भर्न सकिने, पहिलो वर्षको परीक्षा साउनमा

त्रिविको परीक्षा फारम अनलाइनबाटै भर्न सकिने, पहिलो वर्षको परीक्षा साउनमा


  • 9.4K
    Shares

    त्रिविको परीक्षा फारम अनलाइनबाटै भर्न सकिने, पहिलो वर्षको परीक्षा साउनमा

    त्रिभुवन विश्वविद्यालयको परीक्षा फारम अनलाइनबाटै भर्न सकिने भएको छ। आइतबार त्रिविले सूचना प्रकाशित गरि परीक्षा फारम भर्न विद्यार्थीलाई सूचित गरेको छ। 

    कोभिड–१९ को दोस्रो लहर चलेपछि त्रिविले परीक्षा फारम भर्न स्थगित गरेको थियो। अब विद्यार्थीले अनलाईनबाट पनि भर्न सकिने व्यवस्था गरेको छ। 

    त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार १० देखि २० जेठसम्म सम्बन्धित क्याम्पसबाट फारम भर्न सकिनेछ। क्याम्पसमा गएर फारम भर्न नसकिने अवस्थामा विद्यार्थीले १० देखि २० जेठसम्म अनलाईनबाटै भर्न सक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। 

    कोरोनाको दोस्रो लहर चलेपछि काठाडौं उपत्यका लगायत ७५ जिल्लामा निषेधाज्ञा लगाइएको छ। जसका कारण त्रिविले परीक्षा फारम भर्न स्थगित गरेको थियो। 

    tu_1.jpg

    प्रकाशित मिति :जेठ ९ २०७८ आइतवार - १७:१५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij