Logo

२०८३ बैशाख २२ गते मंगलवार

२०८३ बैशाख २२ गते मंगलवार

दक्षिण कोरियाको कारखानामा आगलागी : १४ जना बेपत्ता, २१ गम्भीर घाइते

दक्षिण कोरियाको कारखानामा आगलागी : १४ जना बेपत्ता, २१ गम्भीर घाइते


  • 729
    Shares

    दक्षिण कोरियाको कारखानामा आगलागी : १४ जना बेपत्ता, २१ गम्भीर घाइते

    काठमाडौं । दक्षिण कोरियामा शुक्रबार एक कारका पाट्र्स उत्पादन गर्ने कारखानामा भीषण आगलागी हुँदा कम्तीमा १४ जना बेपत्ता भएका छन् भने २१ जना गम्भीर घाइते भएका छन्।

    स्थानीय समयअनुसार दिउँसो करिब १ बजे आगलागी भएको हो । आगो नियन्त्रण बाहिर जान थालेपछि स्थानीय सरकारले धान्न नसक्ने स्तरको आपतकालीन आदेश जारी गरेको समाचार एजेन्सीहरूले जनाएका छन्।

    अधिकारीहरूका अनुसार कुल करिब ४५ जना घाइते भएका छन्, जसमध्ये २१ जनाको अवस्था गम्भीर रहेको छ । साथै १४ जना अझै सम्पर्कविहीन रहेको र खोजी कार्य जारी रहेको बताइएको छ।

    आगलागीको कारणबारे हालसम्म कुनै स्पष्ट जानकारी आएको छैन। दक्षिण कोरियाली सरकारले उद्धार कार्यलाई तीव्र बनाउन आवश्यक सबै जनशक्ति र उपकरण परिचालन गर्न निर्देशन दिएको छ।  

     

    images
    प्रकाशित मिति :चैत्र ६ २०८२ शुक्रवार - १५:४९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij