Logo

२०८२ चैत्र ६ गते शुक्रवार

२०८२ चैत्र ६ गते शुक्रवार

‘ग्लोबल मनि विक २०२६’ को अवसरमा प्रभु बैंकद्वारा प्रभातफेरी

‘ग्लोबल मनि विक २०२६’ को अवसरमा प्रभु बैंकद्वारा प्रभातफेरी


  • 470
    Shares

    • images
    ‘ग्लोबल मनि विक २०२६’ को अवसरमा प्रभु बैंकद्वारा प्रभातफेरी

    काठमाडौं । ग्लोबल मनि विक-२०२६’ को उपलक्ष्यमा प्रभु बैंक लिमिटेडको कमलादी शाखाले बिहीबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ।

    स्मार्ट मनी टल्क्स भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममार्फत वित्तीय साक्षरता र सचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको बैंकको भनाइ छ ।

    प्रभातफेरी कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मासहित बैंकका उच्च पदाधिकारी तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो। 

    कमलादीस्थित बैंकको कार्यालयबाट सुरु भएको र्‍याली दरबारमार्ग र कमलपोखरी चोक हुँदै पुनः कमलादीमै पुगेर समापन भएको थियो।

    विश्वास लिन्छौँ, विश्वास दिन्छौूँ भन्ने मूल नाराका साथ बैंकिङ सेवा प्रवाह गरिरहेको प्रभु बैंकले हाल नेपालभर ३१२ शाखा कार्यालय, ३१० एटीएम र ७१ एक्सटेन्सन काउन्टरमार्फत ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।  

     

     

     

    प्रकाशित मिति :चैत्र ६ २०८२ शुक्रवार - १५:१६:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij