Logo

२०८२ चैत्र ५ गते बिहिवार

२०८२ चैत्र ५ गते बिहिवार

चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु

चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु


  • 519
    Shares

    • images
    चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु

    काठमाडौं । चाडको सीमावर्ती शहर टिन जागराबामा भएको सुडानी ड्रोन आक्रमणमा १७ जनाको मृत्यु भएको चाडका सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता गासिम चेरिफ महामतले बिहीबार विज्ञप्ति मार्फत बताएका छन् ।

    बुधबार भएको आक्रमणमा अन्य मानिसहरु घाइते भएकासमेत प्रवक्ता महामतले बताएका छन् । सुडानी द्वन्द्वका कारण दुई देशबिचको सीमा बन्द गर्ने कडा चेतावनीको बावजुद, चाडको क्षेत्रमा रहेको टिने जागराबाको इलाकामा ड्रोन आक्रमणको लक्ष्य बनेको उनले बताएका छन् ।

    चाडका राष्ट्रपति महामत इद्रिस डेबी इट्नोले विज्ञप्ति जारी गर्दै घातक ड्रोन आक्रमण पछि आपतकालीन सुरक्षा बैठक बोलाएर सीमालाई “पूर्ण रूपमा बन्द“ गर्ने आदेश दिएका छन् । यसैबिच उनले सेनालाई सुडानबाट हुने कुनै पनि आक्रमणको जवाफ दिन आदेश दिएका छन् ।

     

    प्रकाशित मिति :चैत्र ५ २०८२ बिहिवार - १७:४६:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij