Logo

२०८२ चैत्र ५ गते बिहिवार

२०८२ चैत्र ५ गते बिहिवार

इरानको सबैभन्दा ठुलो ग्यास फिल्ड उडाइदिने ट्रम्पको चेतावनी

इरानको सबैभन्दा ठुलो ग्यास फिल्ड उडाइदिने ट्रम्पको चेतावनी


  • 778
    Shares

    • images
    इरानको सबैभन्दा ठुलो ग्यास फिल्ड उडाइदिने ट्रम्पको चेतावनी

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्र साउथ पार्सलाई पूर्ण रूपमा ध्वस्त पारिदिने चेतावनी दिएका छन्। इजरायली हमलाको बदला लिन इरानले कतारमाथि आक्रमण जारी राखेमा अमेरिकाले अहिलेसम्मकै शक्तिशाली प्रहार गर्ने ट्रम्पको घोषणा छ।

    सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले इजरायलले पश्चिम एसियामा भइरहेका घटनाको आक्रोशमा इरानको साउथ पार्स ग्यास फिल्डमाथि भीषण आक्रमण गरेको स्वीकार गरेका छन्। ट्रम्पका अनुसार उक्त आक्रमणबारे अमेरिका र कतार दुवैलाई कुनै जानकारी थिएन।

    इरानले यथार्थ नबुझी र बिनाकारण कतारको एलएनजी ग्यास केन्द्रमा हमला गरेको भन्दै उनले आपत्ति जनाएका छन्। इरानले कतार जस्तो निर्दोष पक्षमाथि पुनः आक्रमण गरेमा इजरायलको सहमति वा सहयोग बिना नै अमेरिका एक्लैले साउथ पार्स ग्यास फिल्डलाई नामेट पारिदिने ट्रम्पको भनाइ छ। 

    यसअघि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले अमेरिका र इजरायल मिलेर आफ्ना तेल र ग्यास खानीहरूलाई निशाना बनाएको आरोप लगाएको थियो। इजरायली हमलाको केही घण्टापछि नै इरानले कतारको मुख्य ऊर्जा केन्द्र रास लाफान इन्डस्ट्रियल सिटीमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो। 

     

     

    प्रकाशित मिति :चैत्र ५ २०८२ बिहिवार - १०:३१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij