Logo

२०८२ चैत्र ४ गते बुधवार

२०८२ चैत्र ४ गते बुधवार

चलचित्र ‘मालती मंगले’को टाइटल गीत सार्वजनिक

चलचित्र ‘मालती मंगले’को टाइटल गीत सार्वजनिक


  • 575
    Shares

    • images
    चलचित्र ‘मालती मंगले’को टाइटल गीत सार्वजनिक

    काठमाडौं । नेपाली कथानक चलचित्र ‘मालती मंगले’को टाइटल गीत सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा एक समारोहका बीच चलचित्र ‘मालती मंगले’को टाइटल गीत ‘सुनैको सपनी’ सार्वजनिक गरिएको हो ।

    अभिनेत्री वर्षा राउत तथा अभिनेता विजय बराललाई फिचर्ड गरिएको यो गीतमा गायक रामकृष्ण ढकाल र गायिका रचना रिमालको स्वर रहेको छ । आनन्द अधिकारीको शब्दमा उज्वल सागरले संगीत भरेका छन् । टाइटल गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री वर्षा राउतले गीतका शब्द र संगीतको प्रशंसा गर्दै यस्तो चलचित्रसँग जोडिन पाएकोमा खुशी व्यक्त गरे । 

    गायक रामकृष्ण ढकालले आनन्द अधिकारीसँग लामो सांगितीक सहकार्य भएको उल्लेख गर्दै यस सहकार्यले सांगीतिक सम्बनध थप बलियो हुने विश्वास व्यक्त गरे । उनले यो गीत पनि विगतका अन्य गीतहरुजस्तै दर्शकले रुचाउनेमा विश्वस्थ रहेको पनि बताए। उनले चलचित्रको कथा समेत नेपाली समाजको परिवेशमा हुने माया र प्रेमको कथा रहेको बताए । 

    चलचित्रमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भुमिकामा छन् । साथै चलचित्रमा प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु साह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा लगायतको अभिनय छ ।

    प्रकाशित मिति :चैत्र ४ २०८२ बुधवार - १८:००:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij