२०८२ चैत्र ४ गते बुधवार
काठमाडौं । भारतको दिल्लीस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित एकै परिवारका सात जनाको मृत्यु भएको छ। पीटीआईका अनुसार आगलागी बिहान ७ बजेतिर भएको हो ।
समाचार एजेन्सी एएनआईका अनुसार आगलागी घटना जानकारी पाएसँगै ३० वटा दमकल आगो निभाउनका लागि घटनास्थल पठाइएको थियो ।
घटनास्थल नजिकै बस्ने एक व्यक्तिका अनुसार आगलागी भएको भवनको भुइँ तल्लामा कस्मेटिक्स पसल थियो र माथिल्लो तलामा मानिसहरू बस्थे।
यद्यपि, घटनाको समयमा घरमा कति जना मानिस थिए भन्ने बारे पूर्ण जानकारी नभएको जनाइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij