Logo

२०८२ चैत्र ४ गते बुधवार

२०८२ चैत्र ४ गते बुधवार

चैत १९ गते प्रभु महालक्ष्मी लाइफले बोलायो विषेश साधारणसभा

चैत १९ गते प्रभु महालक्ष्मी लाइफले बोलायो विषेश साधारणसभा


  • 428
    Shares

    • images
    चैत १९ गते प्रभु महालक्ष्मी लाइफले बोलायो विषेश साधारणसभा

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सञ्चालक समितिले संस्थापक शेयरको १० प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्ने प्रस्ताव सहित विशेष साधारण सभा बोलाएको छ।

    सञ्चालक समिति बैठकले संस्थापक शेयर परिवर्तन र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन वा थपघट गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव सहित चैत्र १९ गते नक्सालस्थित आम्रपाली ब्याङ्कवेटमा बिहान ९ बजेदेखि शुरू हुने गरी विशेष साधारण सभा बोलाएको हो।

    साधारण सभामा सहभागिताका लागि प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीले चैत्र १७ गतेभित्र  कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा प्रोक्सी दर्ता गराई सक्नु पर्ने छ । 

    छलफलको विषय अन्तर्गत विविध शिर्षक सम्बन्धमा शेयरधनी महानुभावहरुले छलफल गर्न चाहनु भएको विषयबारे कम्पनी सचिव मार्फत सञ्चालक समितिको अध्यक्षलाई लिखित जानकारी दिन अनुरोध गरेको छ। ।

    नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा २०८२ चैत्र ११ गते बुधबारसम्म कारोबार भई शेयरधनी कितावमा कायम शेयरधनीहरु सभामा भाग लिन योग्य हुने छन् । विशेष साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयर दाखिल खारेजको काम २०८२ साल चैत्र महिना १२ गते बिहीबारका दिन बन्द रहने भएको छ ।

    प्रकाशित मिति :चैत्र ४ २०८२ बुधवार - १२:४३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij