२०८२ चैत्र ४ गते बुधवार
काठमाडौं । अभिनेत्री ऋचा शर्माले रास्वपाका सांसद सुदन गुरुङलाई तलब खान सुझाएकी छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै तलब खान सुझाएकी हुन् ।
उनले लेखेकी छन्, तलब त खाउ न हौ खाऊ! घुस पो नखाऊ! ठेक्का पट्टा पो नगर! खाने मात्र हैन मस्तै बजाईदेऊ तलब र सुविधा पाउने जति, हक हो हकको खाऊ। राज्यलाई 'पाप' लागि हाल्छ नि यसरि आफ्नो देशको नागरिकलाई free मा काम लगाऊँदा!
काम गर !
मङ्गलवार रास्वपाले ललितपुरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका गुरुङले तलब भत्ता नलिने घोषणा गरेका थिए । गुरुङले उक्त कार्यक्रममा आफू सक्षम भएको भन्दै तलब भत्तासहित सरकारी सेवा सुविधा नलिने जानकारी दिएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij