२०८२ चैत्र ४ गते बुधवार
काठमाडौं । भारतस्थित मध्य प्रदेशको इन्दौरमा बुधबार बिहान कार चार्ज गर्ने क्रममा विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन्।
बीबीसी हिन्दीका अनुसार बुधबार बिहान ४ बजेतिर इन्दौरमा घरबाहिर विद्युतीय कार चार्ज भइरहेका बेला विस्फोट भएको हो।
घरमा लगभग १५ वटा ग्यास सिलिन्डर रहेको बताइएको छ। आगोले भेटेपछि ती विस्फोट भए। प्रत्यक्षदर्शीका अनुसार कम्तीमा चारवटा सिलिन्डर एकपछि अर्को गर्दै विस्फोट भएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij