२०८२ चैत्र ४ गते बुधवार
काठमाडौं । ग्लोबल मनी विकको अवसरमा नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सचेतनामूलक सूचना सार्वजनिक गरेको छ ।
बैंकले वित्तीय कारोबार सम्बन्धी पिन कोड कसैलाई पनि नदिन र पिन कोड हराएमा वा चोरी भएमा वा चोरीको आशङ्का भएमा सम्बन्धीत बैंक तथा वित्तीय संस्थामा तुरुन्त खबर गर्न भन्दै डिजिटल सचेतनामूलक सूचना सार्वजनिक गरेको हो ।
अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य सूचना (पीन‚पासवर्ड‚ओटीपी) वा अन्य कुनै पनि संवेदनशील जानकारी दिनुहुँदैन। मोबाइल तथा अन्य उपकरण एवं प्रोग्रामहरुका पासवर्डहरू बेला बेलामा परिवर्तन गरि गोप्य तरिकाले सुरक्षित राख्दा यस्ता सूचनाहरु वित्तीय अपराधमा संलग्न व्यक्तिहरुको पहुँचमा पुग्ने सम्भावना कम हुन्छ।
पछिल्लो चरण प्रविधिको विकाससँगै डिजिटल भुक्तानी बढ्दो छ । यस्तो समयमा डिजिटल ठगीका घटनाहरु बढिरहेको भन्दै यसबाट बच्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij