२०८२ चैत्र ३ गते मंगलवार
काठमाडौं । सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ अर्थ नेपाल प्रालिले आयोजना गरेको अवार्डमा २४ विद्यामा उत्कृष्ट ५ सार्वजनिक भएको हो ।
जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्था अर्थ नेपाल प्रालिाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । यस अवार्डमा चलचित्र, पप– आधुनिक र लोक तथा दोहोरी विधामा कलाकर्मीहरुले सहभागी जनाएको कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिए ।
सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ मा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड र २५ वर्ष भन्दा लामो समयदेखी रंग पत्रकारितामा सक्रिय पत्रकारलाई रजत पत्रकारिता सम्मान प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए ।
साथै नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकार र कलाकारलाई सम्मान गरिने छ । सातौं संस्करणको निर्णायकहरुमा कृर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ संयोजक, कलाकार सनम कठायत, साहित्यकार प्रकाश श्रेष्ठ (मालिका केशरी) र चलचित्रकर्मी देवेन्द्र बजगाई र आयोजक समिति रहेका छन् । अवार्डमा मनोनयनमा परेका कलाकर्मीलाई खल्तीबाट भोट गर्न सकिने छ ।
१. सर्वोत्कृष्ट चलचित्र गायन
१. समिक्षा अधिकारी – बुझिनँ मैले (बोक्सीको घर)
२.बेनिसा पौडेल – बिहे भाको छैन (छक्का पञ्जा ५)
३. रिता केसी – रिमै (रिमै)
४. प्रशान्त सिवाकोटी – काँधेकुरी (पूर्ण बहादुरको सारंगी)
५.सुजाता केसी– छ भने माया (रंगी)
२. सर्वोत्कृष्ट चलचित्र गीतकार
१. ऋषिराज आचार्य – कर्णाली काटौला (द्रौपदी)
२. यादव लम्साल – कसमको बत्तिको (ज्वाई साब)
३. नवराज पन्त – रैया चाँदीको (पूर्ण बहादुरको सारंगी)
४. राम अविरल बिष्ट – बिञ्जुरी (घर ज्वाई)
५. हर्क साउद – मखमली चोली (उनको स्वीटर)
३.सर्वोत्कृष्ट चलचित्र संगीतकार
१.जयन जे वाइवा – छड्के सलाम (बेहुली फ्रम मेघौली)
२.एस.डी योगी – रुकुम मैकोट (खुस्मा)
३. आशिष अविरल – रैया चाँदीको (पूर्ण बहादुरको सारंगी)
४. अर्जुन पोखरेल – यो मनले (१२ गाउँ)
५. करण राज कार्की – दर्शन गरे (पुजार सार्की)
४.सर्वोत्कृष्ट पपर आधुनिक गायक
१. नारायण थापा – औधी मन पराएँ
२. सिडी विजय अधिकारी– सोल्टीनी
३. उमेश मुस्कान – तिम्रै माया लाग्छ
४. पवन रानाभाट – सम्झिन्छु तिमीलाई पनि
५. रुद्र शेखर शर्मा – के छ ओई सान्नानी
५. सर्वोत्कृष्ट पपर आधुनिक गायिका
१. सुमि पराजुली– माया गर्ने तरिका
२. रेश्मा पुन – मायाका गीत
३. निता आचार्य – ताँते गर्दै
४. मनमाया पंगेनी – एैना जस्तै हिमाल हेर्दा
५. रानु निरौला – चोली ढाकाको
६. सर्वोत्कृष्ट पपर आधुनिक गीतकार
१.डा.रमिल अधिकारी– आउ एउटा बाँचा गरौं
२.हेमराज तामाङ – तिमी मेरो प्राण हौं
३।.रोहन पौडेल(जनक) – जेल पनि सहुँला
४. पुस्कर शाह – ताते गर्दै
५.सुमन के धिताल– सबलाई आफ्नो सोच्ने मान्छे
७. सर्वोत्कृष्ट पपरआधुनिक संगीतकार
१. शिशिर योगी – ताते गर्दै
२.जीवन शर्मा – निर्वाध मन
३. राजेन्द्र बजगाई– पुतली
४. कमल अधिकारी – बग्ने खोलाको पानी
५. ज्ञानेन्द्र गिरी – आउ एउटा बाँचा गरौं
८. सर्वोत्कृष्ट बाद्यवादन
१. सुरेन लामा
२. सुनिल सिंह नेपाली
३. सन्दीप कार्की
४. बिशाल पौडेल
९.सर्वोत्कृष्ट पपर आधुनिक मोडल महिला
१. पुनम श्रेष्ठ– तिमी मेरो प्राण हौं
२. प्रतिक्षा काफ्ले – औधी मन पराए
३. सुजिना गोले – कति माया गर्छु तिमीलाई
४.पुजा ठाकुर – जानु त पर्छ एक दिन
५.सजिना लामिछाने – देखेपछि
१०. सर्वोत्कृष्ट पपर आधुनिक मोडल पुरुष
१. प्रज्वलराज भट्ट – औधी मन पराए
२. बादल घिमिरे – हारी सके
३. अंशु बर्मा –भुपु माया रिर्टन्स
४.प्रवास लामा – कति माया गर्छु तिमीलाई
५.कुन्दन गुप्ता – दुनियाँ जल्दैछ
११. सर्वोत्कृष्ट लोक तथा दोहोरी गायक
१. निरम कुमार शाही – उखुमै बनायो
२.राजु ढकाल – खोली सलल
३. सुरेश अन्जन – विहेको निम्तो
४. पुरुषोत्तम गैरे – बैनीको का परो
५. सागर आले – बुझेन मायाले प्यार गरेको
१२. सर्वोत्कृष्ट लोक तथा दोहोरी गायिका
१. इश्वल सन्ज्याल – ईत्ति माया
२. कला गुरुङ – घरबारे माया
३. शान्ति शाही – जोवन मलाई देउ
४. सिम्रन परियार – बैनीको का प¥यो
५.रितु बोहोरा – पैसा जोगाउन
१३. सर्वोत्कृष्ट लोक तथा दोहोरी शब्द
१. दीपक अधिकारी –यो जुनीमा
२. नेत्र अर्याल – जोबन मलाई देउ
३. सेर साउद –ईत्ति माया
४.कमल खनाल – तालि बजाईदेउ
५.रोशन रेग्मी– ए बा हो मलाई
१४. सर्वोत्कृष्ट लोक तथा दोहोरी लय
१.शिव काम्छा मगर– घरबारे माया
२.रमेश परियार – उखुमै बनायो
३.सुप्रिम विश्वकर्मा – तिम्रो मिठो बोली
४.रोशन सिंह – अरे आम्मै मरे
५.मन्जीत पहाडी – चिसो चिसोमा
१५.सर्वोत्कृष्ट लोक तथा दोहोरी मोडल महिला
१.आशा विश्वकर्मा – तिम्रो मिठो बोली
२. अस्मिता जुरेली – बुझेन मायाले प्यार गरेको
३,.संचिता बोलाखे – घामपानीको छाता
४.सरिता धनकुटी – दिलको ढोका
५.आरुसी मगर– झ्याप्पै
१६.सर्वोत्कृष्ट लोक तथा दोहोरी मोडल पुरुष
१. अभिशेख खड्का – जोबन मलाई देउ
२. सुरेश कोली – झ्याप्पै
३.विमल अधिकारी – म त सोझी गाउँकी
४.कैलाश कठायत – ईत्ती माया
५.सहिन प्रजापति – मलाई त्यहि बानी मन पर्छ
१७. सर्वोत्कृष्ट कोरियोग्राफी
१.सन्दीप भुजेल – काँचो रानी बेल
२.राहुल शाह – किस किस
३.अनिल राई –लुकुनी
४.राजाराम सिंखडा – पश्मिनाको सल
५.लोसिना शाक्य –झिम झिमाउने आँखा
१८. सर्वोत्कृष्ट सर्बोत्कृष्ट नव गायन
१.सर्जु रञ्जित –ईत्ती माया
२. मदन बम –तिमी मेरो हौं
३.आश्मा दुलाल – मेरो बाबा
४.शिवजी परियार –बाग्लुङ गुड्यो रात्री बस
१९. सर्वोत्कृष्ट पपरआधुनिक नव मोडल
१. गिता पन्थी – मिठा मिठा मनका कुरा
२.इशा परियार – चुना लगाएर
३.सहिस्मा खड्का –जेनतेन चलिराछ
४.एनिसा अधिकारी– लेखान्त कल्पना नै नगरेको
५.ग्रिष्मा पौडेल – अलविदा
२०.सर्वोत्कृष्ट लोक तथा दोहोरी नव मोडल
१. रचना न्यौपाने – तालि बजाईदेउ
२. अन्जु सुनार – गलबन्दी
३.कुशुम कुँवर – म त सोझी गाउँकी
४. आशिका घिमिरे – चिसो चिसोमा
५.मिना परियार– म फर्किन्या बेला
२१. सर्वोत्कृष्ट बाल प्रतिभा
१. आर्यन पाण्डे– मेरो अनुरोधमा
२.परिधि खतिवडा – घरकी फुलबारी
३. प्रिन्स बम – लागु औषध विरुद्ध महा अभियान
४.एलेक्स खड्का – डिर्भोस
५. इनोभ गुरुङ– रोधीघर
२२. सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार
१.रुपेश थापा– नाच नाच
२. महेश महरा –तिम्रै माया लाग्छ
३. प्रकाश खड्का – कति माया गर्छु तिमीलाई
४. उत्सव दाहाल – तिम्रो साथमा
५.दिपक गिरी – ऐना जस्तै हिमाल
२३.सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन
१. विकास दाहाल – तिमी मेरो प्राण हौं
२.कल्पेश विश्वकर्मा – साथ दिने मान्छे यस्तो होस
३. अमृत चापागाई – सम्झीन्छु तिमीलाई पनि
४. मनोज कार्की– लाहुरे लैन केरे
५.मिन रावल – तिम्रो मनको
२४. सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक
१.जेरी भण्डारी– खोली सलल
२.शेर साउद –ईत्ति माया
३.किरण श्रेष्ठ – ताते गर्दै
४.प्रविण थापा– अरे आम्मै मरे
५. निरेन श्रेष्ठ –जाम कान्छि रेलैमा

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij