Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

इनिशा विकलाई न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

इनिशा विकलाई न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)


  • 652
    Shares

    • images
    इनिशा विकलाई न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

    काठमाडौं । इनिशा विकलाई न्याय दिनुपर्ने माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ । 

    घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गर्दै युवा, विद्यार्थी, अधिकारकर्मी तथा सर्वसाधारणले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले ‘इनिशा विकलाई न्याय दे’, ‘दोषीलाई उम्काउन पाइँदैन’, ‘महिला हिंसा अन्त्य गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । 

    शान्तिपूर्ण रूपमा भेला भएका प्रदर्शनकारीहरूले राज्य प्रशासनले घटनालाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएका छन् । 

    प्रकाशित मिति :चैत्र २ २०८२ सोमवार - १३:३९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij