२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा बराहताल गाउँपालिका-१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका-८ गंगटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढाथापाका अनुसार, आइतबार बेलुका ५ बजेतिर बराहताल गाउँपालिका-२ का आसे महतराले उक्त घटनाबारे प्रहरीकहाँ जानकारी गराएका थिए ।
महतराका अनुसार उनीहरु फागुन २३ गते गाउँदेखि १७ किलोमिटर दक्षिणतर्फ रहेको बर्दिया राष्ट्रिय निकुञ्जतर्फ सिकार खेल्न गएका थिए । ‘सँगै गएकामध्ये सुनिल समसेलीको आमाले टोपबहादुर खत्रीको मृत्यु भएको भनेर आसे महतराले प्रहरी चौकी रानीघाटमा सोमबार बिहान मात्रै जानकारी गराएकी छन् ।
अहिले प्रहरी सहायक निरीक्षक टोपेन्द्र सिंह ठकुरीको कमाण्डमा ४ जनाको प्रहरी टोली खोजी कार्यमा खटिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij