Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

हिमालयन लाइफका बीमितले एक लाख सम्मको कर्जा अनलाइनबाटै लिन पाउने

हिमालयन लाइफका बीमितले एक लाख सम्मको कर्जा अनलाइनबाटै लिन पाउने


  • 1.0K
    Shares

    हिमालयन लाइफका बीमितले एक लाख सम्मको कर्जा अनलाइनबाटै लिन पाउने

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका बीमितहरुले एक लाख रुपैया सम्मको कर्जा अनलाइनबाटै आवेदन गरी लिन पाउने भएका छन् । कम्पनीका बीमितहरुलाई सहज रुपमा कर्जा उपलब्ध गराउने उद्धेश्यले खल्ती एपको सहकार्यमा यस प्रकारको सुविधा उपलब्ध गराईएको हो ।

    कम्पनीमा बीमा गरेका बीमितहरुले बीमालेख अन्तर्गत कर्जा लिन योग्य भई अनलाइन आवेदन गरे पश्चात कम्पनीले कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । 

    बीमा कम्पनीहरुको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले जारी गरेको निर्देशिका अनुसार बीमा गरेको तीन बर्ष पुरा भए पश्चात बीमितहरुले कर्जा लिन पाउने व्यवस्था रहेको छ ।

    कम्पनीले खल्ती एपको सहकार्यमा अनलाइनबाट बीमालेख अन्तर्गतको कर्जा लिन सक्ने व्यवस्था गरेको कारण एक लाख सम्मको कर्जा लिन कम्पनीमा जानै नपर्ने र जुनसुकै स्थानमा बसेर पनि कर्जा प्राप्त गर्न सकिने भएको छ । 

    कम्पनीबाट अनलाइन बीमालेख कर्जा सुविधा प्राप्त गर्नको लागि कम्पनीमा बीमा गर्दा र खल्ती एप खोल्दा प्रयोग गरिएको केवाइसी र मोबाइल नम्बर समेत मिलेको हुनु पर्ने अन्यथा कर्जा प्राप्त नहुने कम्पनीले जनाएको छ ।  

     

     

    images
    प्रकाशित मिति :चैत्र १ २०८२ आइतवार - १३:३३:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij