Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

१०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

१०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा


  • 379
    Shares

    • images
    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिका–८ बाट नेपाल प्रहरीले १०९ किलोग्राम गाँजासहित एक भारतीय नम्बर प्लेटको कारलाई नियन्त्रणमा लिएको छ ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एवं प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार सहसौला चोक नजिकबाटै २० वटा पोकामा लुकाएर भारततिर लैजाँदै गरको अवस्थामा डिएल १ सीओ ५८६९ नम्बरको भारतीय कार नियन्त्रणमा लिइएको हो ।

    गएराति करिब ११ बजे पूर्वपश्चिम लोकमार्ग हुँदै भारततर्फ गाँजा लैजाँदै गरेको गोप्य सूचनाको आधारमा लागु औषध ब्युरो र ईलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरी टोलीले गाँजासहित कार नियन्त्रणमा लिएको थियो ।

    कार चालक फरार रहेको प्रहरीको भनाइ छ । प्रहरीले बरामद गाँजा र कारलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक शर्माले बताए । 

     

    प्रकाशित मिति :चैत्र १ २०८२ आइतवार - १३:१६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij