२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आइतबार बस्दैछ । अपरान्ह १ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटी बैठक बस्ने भएको हो ।
आजको बैठकमा पार्टीको संकट र यसको निवारण सम्बन्धमा छलफल गरेर निष्कर्ष निकाल्ने प्रक्रिया अगाडि बढाउने बताइएको छ । तर आजको बैठक प्रति प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टि रहेकाले बैठकबाट निष्कर्ष निस्कने संभावना कम रहेको स्रोतले बतायो ।
प्रधानमन्त्री ओलीले आजको बैठकलाई बल प्रयोगको संज्ञा दिनुभएको छ । प्रधानमन्त्री ओली बैठकमा सहभागी हुने वा नहुने भन्नेमा अझै टुंगो लागि नसेकेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
गत कात्तिक २८ गतेको सचिवालय बैठकमा दाहालले १९ पृष्ठ लामो राजनीतिक प्रस्ताव पेश गर्नुभएको थियो । आरोपसहितको सो प्रस्ताव पेश भएसँगै नेकपाको विवाद चर्केको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij