Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सप्तरीमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

सप्तरीमा थप ३ जना कोरोना संक्रमितको मृत्यु


  • 7.5K
    Shares

    सप्तरीमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

    सप्तरी । सप्तरीमा आज (शुक्रबार) थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका ५८ वर्षीय, कञ्चनरुप नगरपालिका–१ का २८ वर्षीय र महादेवा गाउँपालिकाका १ का ७५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

    ज्वरो आएपछि वैशाख २७ गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा पीसीआर परीक्षण गराएका ५८ वर्षीय पुरुष र ७५ वर्षीय पुरुषको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ । 

    यसैगरी वैशाख २७ गते विराट अस्पताल विराटनगरमा परीक्षण गराउँदा संक्रमित पुष्टि भएका २८ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा मृत्यु भएको हो । संक्रमित पुष्टि भएपछि सामान्य अवस्थामा रहेकाले उनी होम आइसोलेशनमा बसेका थिए । 

    होम आइसोलेसनमा बसेका उनलाई बिहीबार राति स्वास फेर्न गाह्रो भएपछि उपचारका लागि धरानको कोभिड अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । कोभिड–१९ को दोस्रो लहरमा यो समेत कञ्चनरुप नगरपालिकामा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ भने हनुमाननगर कंकालिनी नगरपालिकामा ५ जना पुगेको छ ।

    तीनवटै शवको व्यवस्थापनको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सप्तरीमा तीन साताको अवधिमा ४५ जनाको कोरोना संक्रमणले मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार कोभिड–१९ को पहिलो लहरमा गत वर्ष सप्तरीमा ४१ जनाले ज्यान गुमाएका थिए ।

    प्रकाशित मिति :जेठ ७ २०७८ शुक्रवार - १६:०८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij