२०८२ फाल्गुण २४ गते आइतवार
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर–२ स्थित तिनघरेमा भेटिएको शङ्कास्पद बस्तु सुरक्षाकर्मीहरूले निस्तेज पारेका छन् । बुधवार बिहान स्थानीय शोभ रेग्मीको घर अगाडी सडकमा रातो कपडामा बेरेर राखेको अवस्थामा शङ्कास्पद बस्तु भेटिएको थियो ।
घटनाबारे स्थानीयले खबर गरेपछि सेनाको बम डिस्पोजल टोली सो बस्तु निष्क्रिय बनाएको हो । प्रतिनिधिसभा निर्वाचन बिथोल्न खोज्ने समूहले रङको बाल्टिनमा बालुवा भरेर राखेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
बाल्टीबाट तार निकालेको अवस्थामा शङ्कास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij