Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

निर्वाचन सुरक्षामा हाम्रो भूमिका पहिलेकै जस्तो हुन्छ: नेपाली सेना

निर्वाचन सुरक्षामा हाम्रो भूमिका पहिलेकै जस्तो हुन्छ: नेपाली सेना


  • 1.7K
    Shares

    निर्वाचन सुरक्षामा हाम्रो भूमिका पहिलेकै जस्तो हुन्छ: नेपाली सेना

    काठमाडौं । नेपाली सेनाले निर्वाचनको अवधिमा आफ्नो भूमिका परिवर्तन नभएको स्पष्ट पारेको छ। मतपेटिका ढुवानी सेनाले गर्ने भन्दै केही पार्टी तथा राजनीतिक दलका नेताकार्यकर्ताले प्रस्न उठाएपछि नेपाली सेनाले यस बारेमा आफ्नो धारणा स्पष्ट पारेको हो। 

    नेपाली सेना एकीकृत सुरक्षा योजना अनुसार सम्बद्ध निकायहरूसँग समन्वय र सहकार्य गरी निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गराउन प्रतिबद्ध रहेको सेनाले विज्ञप्ति मार्फत जानकारी दिएको छ। 

    निर्वाचन सुरक्षा व्यवस्थाका सबै कार्यहरू प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन–२०७४ तथा प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२ अनुसार सञ्चालन भइरहेको सेनाले भनेको छ।

    विगतका निर्वाचनहरूमा जस्तै यस पटक पनि निर्वाचनको क्रममा मतदान समापन भए पश्चात् स्थापित प्रोटोकल अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत, दलका तोकिएका प्रतिनिधिहरू एवं नेपाली सेना सहितको एकीकृत टोलीले मतगणना स्थलसम्म मतपेटिका ढुवानी गर्ने सेनाको विज्ञप्तिमा उल्लेख छ। 

    ‘२०४८ सालको प्रतिनिधि सभा निर्वाचनदेखि सम्पन्न सबै निर्वाचनहरूमा नेपाली सेना परिचालन भई मतपत्र छपाई स्थलको सुरक्षा, काठमाडौंबाट देशका सबै जिल्लास्थित निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी, निर्वाचनको दौरान तेस्रो घेरामा रही सुरक्षा प्रदान गर्नुका साथै निर्वाचन समापन भए पश्चात् संयुक्त टोलीले सुरक्षा प्रदान गरी मतपेटिकालाई मतगणना स्थलसम्म पुयाउने जिम्मेवारी निर्वाह गर्दै आएको ब्यहोरा समेत सबैमा जानकारी गराउन चाहन्छौं’, सेनाले भनेको छ।

    प्रकाशित मिति :फाल्गुण १७ २०८२ आइतवार - १६:२१:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij