Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

मध्यपूर्व तनाव : प्रभावित क्षेत्रमा कति छन् नेपाली ? (विवरणसहित)

मध्यपूर्व तनाव : प्रभावित क्षेत्रमा कति छन् नेपाली ? (विवरणसहित)


  • 414
    Shares

    मध्यपूर्व तनाव : प्रभावित क्षेत्रमा कति छन् नेपाली ? (विवरणसहित)

    काठमाडौं । परराष्ट्र मन्त्रालयले मध्यपूर्वका विभिन्न देशमा हाल १७ लाख २९ हजार २८८ नेपाली नागरिक वैधानिक रूपमा कार्यरत तथा बसोबास गरिरहेको जानकारी गराएको छ । 

    मन्त्रालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा मध्य एसिया, पश्चिम एसिया र अफ्रिका महाशाखा प्रमुख एवं सहसचिव रामकाजी खड्काले सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (युएई) मा करिब सात लाख नेपाली रहेको जानकारी दिए । 

    त्यसैगरी, साउदी अरबमा ३ लाख ८४ हजार ८६५, कतारमा ३ लाख ५७ हजार ९१३ र कुवेतमा १ लाख ७५ हजार नेपाली छन्। तनावग्रस्त क्षेत्र र त्यसको नजिक रहेका इराकमा ३० हजार, बहराइनमा २८ हजार, ओमानमा २५ हजार, साइप्रसमा १७ हजार, इजरायलमा करिब ६ हजार ५०० र लेबनानमा १ हजार ५०० नेपाली रहेको मन्त्रालयले जनाएको छ । 

    इजिप्टमा ५०० र इरानमा १० जना नेपाली रहेकोमा इरानबाट ४ जना फर्किने क्रममा रहेको र ६ जना त्यहीँ रहेको जानकारी दिइएको छ । मन्त्रालयले यो तथ्यांक दूतावासहरूबाट प्राप्त वैधानिक नेपालीहरूको मात्र भएको र अवैध रूपमा गएकाहरूको संख्या यसमा समावेश नभएको स्पष्ट पारेको छ ।

    त्यहाँ रहेका नेपालीहरूको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै मन्त्रालयले आपतकालीन उद्धारका लागि पूर्वतयारी सुरु गरिसकेको जनाएको छ । 

    प्रकाशित मिति :फाल्गुण १७ २०८२ आइतवार - १६:११:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij